Saturday, December 27, 2008

कार्यक्रम तथा शुभकामना

नेपाली नारी हरुको सुख दुःखको साथी र सामूहिक आवाजको रुपमा उभिएको नेपाली नारी आवाज़ ,इजरायलले यसपाली इजरायलमा रहेको  नेपाली समुदाय बिच नया बर्ष सांस्कृतिक तथा सम्मान कार्यक्रम पस्कने भएको छ।
शाँस्कृतिक तथा सम्मान कार्यक्रम
मितीः ०२ जनवरी(शुक्रबार),२००९
टीकट दर २० सेकेल मात्र।
(सबै प्रबासी इजरायलका नेपालीहरूलाइ हार्दिक स्वागतम् )
Posted by shyam rokka in 13:16:46 | Permalink | No Comments »

सम्मानित

इजरायल स्थीत नेपाली क्रीश्चीयन मणडलीकाे तर्फबाट
क्रीसमसका अबशरमा
सम्मानित अध्यक्ष
श्रृजना महत(बाँनिया)

तस्बीरःश्याम

Posted by shyam rokka in 13:08:41 | Permalink | No Comments »

शुभकामना

नया बर्षको आगमन हुने बेला तेल अभिभ शहर विभिन्न प्रकारका रंगीचंगी उपहार र झिलिमिली बत्ती हरुले सजिन थालिसकेका छन, यहाँ नया बर्षकै अवसर छोपेर इजरायलमा कार्यरत विदेशी कामदार हरुलाई लक्षित गरि स्थानीय व्यवसायीहरु अनेकौं विशेष योजना र कार्यक्रम पनि संचालन गर्छन र यो क्रम शुरू हुन थालिसकेको छ  ।

उत्सवको यही खुसीयालीकै सरोफेरोमा यता नेपाली नारी हरुको सुख दुःखको साथी र सामूहिक आवाजको रुपमा उभिएको नेपाली नारी आवाज़ ,इजरायल ले यसपाली इजरायलमा रहेको  नेपाली समुदाय बिच नया बर्ष सांस्कृतिक तथा सम्मान कार्यक्रम पस्कने भएको छ।

नारी आवाज़,इजरायल - इजरायलमा रहेका नेपाली नारीहरुको अधिकार, संघर्ष र एकताको भावनात्मक आवाज़ हो  यो संस्था आपतमा परेका महिलाहरुको सेवा सहयोग र  उद्धारमा समर्पित मात्र नभै मेसिला तथा कवला ओभेद जस्ता विदेशी कामदारको पिरमर्का हेर्ने स्थानीय संस्थाहरु संग मिलेर तालीम सञ्चालन तथा चेतना अभिवृद्दीका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसपाली नया बर्षको सांस्कृतिक प्रस्तुतिबाट संकलित रकम नारी आवाज़ले एक कोष स्थापना गर्ने र  जसबाट  आपातकालिन तथा जोखिमको अवस्थामा परेका चेलिबेटीहरुको सहयोग, दूतावास तथा अन्य संस्थाको सहकार्यमा इजरायलमा रहेका नेपालीहरुको तथ्यांक संकलन तथा अन्य सामजिक कार्यहरु सञ्चालन गर्दै लगिने कुरा गत शनिबार आयोजित एक कार्यक्रममा संस्थाकी अध्यक्ष सिर्जना महतले जानकारी गराउनु भयो ।

तेल अभिभ स्थित मेसिलाको भवनमा आयोजित सो कार्यक्रममा गैर आवासीय नेपाली संघ इजरायल, नेपाली कृषि मजदुर सहयोगी समिति इजरायल, शेर्पा संघ, नेपाली समाज इजरायल, झापाली एकता परिवार,नेपाली ख्रिस्तियन मंडली, प्रतिभा समूह इजरायल लगायत  इजरायलमा रहेका अन्य बिभिन्न नेपाली संस्थाहरुका प्रतिधिनी हरुको उपस्थिति रहेको थियो ।अन्ततः सम्पूर्ण प्रबासी इजरायलका नेपालीहरूमा शुभकामना समेत ब्यक्त गर्दछाैँ ।

नेपाली नारी आवाज़ ,इजरायल ।

Posted by shyam rokka in 13:02:55 | Permalink | No Comments »